२०२२/२३ हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’

पाेखरा | मंसिर २८, २०७९

२०२२/२३ हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’

 पोखरा: विद्यार्थीहरुका लागि नोवेल पुरस्कार मानिने हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा बृहत रुपले आयोजना हुने भएको छ । 


हल्ट प्राइज पोखरा विश्वविद्यालयले आज (बुधबार) पत्रकार सम्मेलन गदैैँ सो जानकारी दिएको हो । 


सम्मेलनमा बोल्दैँ क्याम्पस निर्देशक सूरज राज केशरीले हल्ट प्राइज विद्यार्थीहरुको लागि सामाजिक उद्यमशीलत प्रतियोगिता भएको  बताए । हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुटज गर्ने कार्य गर्दछ । केशरीले भने, ‘रिजनल्स सम्म पुगेर बाहिरिएका विद्यार्थीहरुको लागि नेपालमै विजनेस अफर समेत आउने गर्दछ ।’


२०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ । जसमा विद्यार्थीहरुले फेसन र कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ । 


हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेशनल हल्ट कम्यूनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीहरुले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ । हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् । 


सात वर्ष देखि नेपालका विश्वविद्यालयहरुले सहभागिता जनाउन थालेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढि विश्वविद्यालय र आङ्गिक विद्यालयहरुले सहभागिता जनाएका छन् ।


साथै यस प्रतियोगिताको लागि पोखरा विश्वविद्यायले सम्बन्धित विद्यालय र  कलेजको स्नातक , स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीहरुको लागि फाराम खुलाएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्